• शुक्रबार, साउन ८ २०८३

मनासलु क्षेत्रमा घाइते भएका पर्यटकको तिन दिनपछि उद्दार


शनिबार, कार्तिक १६ २०८२
1.5K
Shares

गोरखा । तिन दिनअघि मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुंगा लागेर घाइते भएका पर्यटकको आज शनिबार उद्धार गरिएको छ ।

गएको बिहीबार चुमनुब्रीको सामागाउँबाट फर्कँदा बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए ।

घाइते लामिछानेको शनिबार हेलिकोप्टरबाट उद्दार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भीरबाट खसेको ढुंगाले लागेर लम्सालको टाउकोमा गहिरो चोट लागेको बताएको छ ।

घाइते लम्सालको उद्दारका लागि प्रयास भएपनि प्रतिकुल मौसमका कारण उद्दार सम्भव हुन सकेको थिएन । मौसममा आएको सुधारपछि शनिबार मात्रै उनको उद्दार सम्भव भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार