• शनिबार, साउन ३० २०८३

गोरखासहित गण्डकीमा थपिए २५ जना कोरोना संक्रमित, हेर्नुस कुन जिल्लामा कति ?


बुधबार, असार ३१ २०७७
1.1K
Shares

गोरखा। गोरखा सहित गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जना संक्रमितहरु थपिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तगर्त स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आज थपिनेहरुमा गोरखाका एक जना, नवलपरासी (सुस्तापूर्व) का ११, म्याग्दीका ९, तनहुँका ३ र कास्कीका १ जना रहेका छन्। आज थपिएका संक्रमितसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ सय २८ पुगको छ भने ९२५ जना डिस्चार्ज भएका छन्। अहिले गण्डकीमा संक्रय संक्रमितको संख्या ३०३ मात्रै रहेको छ।

संक्रमित व्यक्तिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश, कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार