• शुक्रबार, साउन ८ २०८३

हामीले पार्टी एकताको तयारी गर्दा केपि ओलीमा छटपटी बढ्यो –प्रचण्ड

६ वटा पार्टीसंग एकताको तयारी


आइतबार, कार्तिक १० २०८२
1.2K
Shares

गोरखा । नेकपा एस लगायतका पार्टीसंग माओवादी केन्द्रको एकता हुने खबरपछि केपी ओलीमा छटपटी बढेको नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले बताएका छन् ।

कार्यकर्ता प्रशिक्षणका लागि गोरखा आएका उनले पत्रकारसंगको कुराकानीमा ओलीले एकता भाड्नेसम्मको प्रयत्न गरिरहेको समेत आरोप लगाए ।

‘माधवजीहरुसंग हाम्रो एकता हुदैछ भनेर केपी ओलीलाई छटपटी भएको छ, केहिदिनदेखि लगातार सबैतिर फोन गर्दै उल्टोपाल्टो भन्ने गरिरहनुभएको छ, एकीकृत समाजवादीलाई माओवादी र प्रचण्डसँग आत्मसमर्पण गरिसके, झोलितुम्लो बोकेर प्रचण्डकोमा गए भनेर उहा“ले ह्यूमिलेट गर्न खोज्नुभएको छ । यता हाम्रोतिर प्रचण्डले चुनाव चिन्ह र झण्डा सबै छाड्यो भनेर उत्तेजित पार्न खोज्नुभएको छ ।’

संयोजक दाहालले नेकपा एससंग मात्रै नभई पाँच, छ वटा पार्टी बीच एकता हुने तयारी भइरहेको खुलासा समेत गरे ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादीबीच एकता प्रक्रिया अघि बढेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार