• शुक्रबार, साउन ८ २०८३

एसईईको पूर्वतयारीका लागि विधार्थीलाई सामाग्री सहयोग


बुधबार, असोज २९ २०८२
1.8K
Shares

गोरखा । एसईईको पूर्व तयारीका लागि विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शहिद लखन गाउँपालिका–७ बुंकोटस्थित शहिद स्मृति माविका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

मंगलवार एक कार्यक्रमका बीच उनीहरुलाई कापी र कमलको साथमा सहयोगी पुस्तकहरु, क्याल्कुलेटर, ज्यामितीबक्स, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । वडा कार्यालयको समन्वय र प्रभु बैंक गोरखा शाखाको आर्थिक सहयोगमा उक्त सामग्री वितरण भएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष श्रेष्ठ, वडा सदस्य टकमाया परियार, प्रभु बैंक गोरखा शाखाका प्रवन्धक तिर्थराज रिजाल, सजना श्रेष्ठ, गोविन्द न्यौपाने, बिद्यालयका प्रधानाध्यापक रोहिणीप्रसाद खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष मिस्टरबाबु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै उक्त बिद्यार्थीहरुलाई झोला समेत वितरण भएको छ । बुंकोट सुसारे गाउँ घर भइ हाल बिदेशमा रहेका सन्जित थापाले उनीहरुलाई झोला वितरण गरेका हुन् । स्वर्गीय बुबा ईमानसिंह थापाको सम्झनामा उनले बिद्यार्थीलाई झोला वितरण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार