• शुक्रबार, साउन ८ २०८३

एकिकरण नेपालको १७औं साधारण सभा सम्पन्न


बिहिबार, असोज ९ २०८२
1.9K
Shares

गोरखा । एकिकरण नेपाल गोरखाको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

गोरखा जिल्लामा क्रियाशिल गैर सरकारी संस्था एकिकरण नेपालले आफ्नो १७ औ बार्षिक साधारण सभा भव्य कार्यक्रम विच साथ सम्पन्न गरेको छ । संस्थाले गरेका विभिन्न कार्यक्रम र जसले समुदायमा पारेका प्रभावको बारेमा साधारण सभामा छलफल गरिएको थियो ।

संस्थाले सोह्र बसन्त पार गर्दा गरेको सिकाई तथा संस्थाको आफ्नै भवन र्निमाण गर्दा सम्मको चरणात्मक विकासक्रमलाई प्रस्तुत गर्दै भवन र्निमाणमा सहयोग गर्ने सहयोगदातालाई सम्मान पत्रका साथ कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभामा संस्थाको विगत, वर्तमान र भविष्यबारे प्यानल छलफल गरि सरोकारवालाको नजरमा एकिकरण नेपाल र आगामी दिनको वाटो समेत तय गरिएको हो ।

साधारण सभामा गत आर्थिक वर्षको आय व्यय विवरण संस्थाका कोषाध्यक्ष दुर्गा गुरुङले प्रस्तुत गरि सभाले पारित गरेको थियो कुल ९ करोड ३३ लाख ३३ हजार सात सय ७२ रुपैया आम्दानी भएको र ९ करोड ३२ लाख ४५ हजार ३ सय ९४ रुपैया खर्च भएको संस्थाले जानकारी गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख थापाले एकिकरण नेपालले विगतमा निकै राम्रो काम गरेको वताउदै संस्थाको कामको प्रसंशा गर्नु भयो । साथै आगामी दिनमा अझै राम्रो काम गर्नेमा आफु विश्वस्त रहेको बताए ।

संस्थाको सचिव बालकृष्ण लामिछानेले सञ्चालन गरेका थिए भने संस्थाको अध्यक्ष मिलन सिंह बस्नतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार