• शुक्रबार, साउन ८ २०८३

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध


बुधबार, असोज १ २०८२
1.1K
Shares

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएर सडक आवागमन एकतर्फी सुचारू भएकोमा पुनः माथिबाट पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको छ ।

बिहानैबाट पहिरो हटाउने काम सुरु गरिएको र बाटो पुन सञ्चालनमा आउन कम्तीमा २ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार