• आइतबार, साउन १० २०८३

गोरखामा काेराेना संक्रमित घट्दाे, आइसाेलेसनमा अब १५ जना बाँकी


बुधबार, असार ३१ २०७७
795
Shares

गोरखा । गोरखामा एकै दिन २५ जना कोरोना संक्रमित निको भएका छन् । क्वारेन्टिन सहितको आइसोलेशन केन्द्र गोरखा क्याम्पस गोरखाले दिएको जानकारी अनुसार मंगलबार एकैचोटी २५ जना कोरोना संक्रमण जितेर घर फर्किएका हुन् ।

निको हुनेहरुमा ४ महिला र २१ पुरुष रहेको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए । सबै भन्दा धेरै भीमसेन गाउँपालिकाका २०, २८, १०, ५५, १२, २८, २१, १७, २६, २५, ८, २१, ४४, ३६, २४, २२ र ५७ वर्षका ४ महिला र १३ पूरुषमा गरी १७ जना रहेका छन् ।

पालुङ्टार नगरपालिकाका २० र २४ वर्षका दुई पूरुष, शहिद लखन गाउँपालिकाका ४१, २३ र ५२ वर्षका तीन पूरुष, बारपाक सुलिकोट गाउँपालिकाका ५१ वर्षीय एक पूरुष र सिरानचोक गाउँपालिका निवासी ५२ र ३६ वर्षका दुई पूरुषको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएको हो ।

उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्न र केही समस्या आए स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरी घर पठाइएको अर्यालले बताए ।

संक्रमण कम र निको हुने दर बढि भएसँगै यहाँका आइसोलेशन खाली हुन थालेका छन् । हालसम्म १०० जनामा संक्रमण देखिएकोमा मंगलबारसम्म ८५ जना निको भएका छन् । अब १५ जना संक्रमित मात्र उपचारको क्रममा आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।

उनीहरुको गोरखा क्याम्पस र जिल्ला अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको उनले बताए ।

पछिल्लो रिर्पोट अनुसार कोरोना भाइरसको पहिचानका लागि २ हजार ८० जनाको पिसिआर परीक्षण गरिएको छ । जसमा १ हजार ५७९ जनाको रिर्पोट नेगेटिभ आएको छ । अब ४०१ जनाको रिर्पोट आउन बाँकी छ ।

संक्रमणका कारण कतारबाट फर्किएका एक पूरुषको उपचारको क्रममा मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार २ जना संक्रमित भेटिएको बताएपनि उनीहरु हाल यहाँ नरहेको न्यौपानेले बताए ।

बिदेशबाट आएर काठमाण्डौमा उपचार गराइएका एक व्यक्तिको पहिचान खुलेपनि अर्का एक जनाको भने एकिन हुन बाँकी छ । गोरखा स्थायी घर भएपनि बाहिर जिल्लामा उपचार गराइरहेकाहरुलाई जिल्लाको तथ्याङ्कमा समावेश नगरिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार