• आइतबार, साउन १० २०८३

गोरखा नगरपालिकालाई गोरेटोको सहयोग


बुधबार, असार ३१ २०७७
1.4K
Shares

गोरखा । गोरेटो नामक गैरसरकारी संस्थाले गोरखा नगरपालिकालाई केहि राहत सामाग्री सहयोग गरेको छ ।

कोभिड १९ को जोखिमका कारण वडा नम्बर १० को मनकामना बहिरा आवासिय विद्यालयको क्वारेनटाइनमा बसेकाहरुलाई आधारभुत सरसफाइका सामाग्री ५० थान, बाढी पहिरोको जोखिम र भइपरि आउने घटनामा उद्धार एवं राहतका लागि ५ बण्डल त्रिपाल, डोरी लगायतका विपत ब्यवस्थापनका सामाग्री सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक पवनरवण खनालले बताए ।

सो सामाग्री संस्थाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले नगरप्रमुख राजनराज पन्तलाई मंगलबार नगरपालिकाको कार्यालयमा हस्तान्तरण गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार