• शुक्रबार, साउन ८ २०८३

मावि स्तरीय तीज नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल पहिलो, महालक्ष्मी दोस्रो


सोमबार, भाद्र ९ २०८२
1.4K
Shares

गोरखा । गोरखा नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय तीज नृत्य प्रतियोगितामा गोनपा–८ रानिवनको ओल्ड क्यापिटल मावि पहिलो भएको छ ।

द्रव्यशाह बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा भएको तीज नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल पहिलो भएको हो ।

नगरपालिका भित्रका ८ वटा विद्यालय बीच भएको तिज नृत्य प्रतियोगितामा गोरखा नगरपालिका ९ लक्ष्मिबजारको श्री महालक्ष्मी माध्यमिक विद्यालय, दोस्रो भएको द्रव्यशाह क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक केशव रेग्मीले जानकारी दिए ।

त्यस्तै लक्ष्मीबजारकै लक्ष्मी सामुदायिक शिक्षा सदन तृतीय र द्रव्यशाह बहुमुखी क्याम्पस सान्त्वना भएको उनले बताए । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः ५ हजार १००, ४ हजार १००, ३ हजार १०० र १ हजार ५०० पुरस्कार प्रदान गरिएको छ ।

क्याम्पस प्रमुख एकदेव अधिकारीको अध्यक्षता तथा वडा नंं ९ को वडाध्यक्ष कुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन द्रव्यशाहका उपसभापती गणेश भट्ट, नेपाल विद्यार्थी संघ द्रब्यशाह बहुमुखी क्याम्पसका सभापती प्रमोद जंग कुँवर, अखिल नेपाल क्रान्तिकारीका अनिस अर्याल, अनेरास्ववियुका असिम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार