• शुक्रबार, साउन ८ २०८३

मनकारी महिला समुहः तीजको दर खाने रकम मानवसेवा आश्रमको भोजनमा खर्च


आइतबार, भाद्र ८ २०८२
1K
Shares

गोरखा । गोरखा सदरमुकामको एक महिला समुहले तीजमा दर खान उठाएको रकम मानव सेवा आश्रमका अनाथ बालबालिकाको खाद्धान्न सहयोगमा खर्च गरेको छ ।

गोरखा नगरपालिका वडा नम्बर ८ को शिवशक्ति महिला समुहले दर खान सबै सदस्यबाट उठाएको रकमले मानवसेवा आश्रमलाई खाद्धान्न किनेर सहयोग गरेको हो ।

‘तीजको दरका नाममा पार्टी प्यालेसहरुमा गएर खर्च गर्नुभन्दा अनाथ बालबालिकाको भोजनमा सहयोग गरौ भन्ने समुहमा सल्लाह भयो’ समुहकी सल्लाहकार मायादेवी दुवाडीले भनिन् ‘मानविय सेवामा योगदान दिने यो हाम्रो सानो प्रयास हो ।’

४५ जना सदस्य रहेको सो समुहका सदस्यहरले शनिबार आश्रममै पुगेर चामल, दाल, नुन, तेल, बिस्कुट, फलफुल लगायतका सामाग्रीहरु हस्तान्तरण गर्दै आश्रमको संरक्षणमा रहेका बालबालिकासंग तीजको गीतमा नाचेका थिए ।

‘केहि समय भएपनि हामी सबै आमाहरु आश्रममा गएर यि अनाथ बालबालिकासंग बस्यौ, उनिहरुसंगै नाच्यौ, रमायौ’ समुहकी अध्यक्ष जयन्ती जोशी भन्छिन् ‘हामीले दर खान उठाएको रकम फजुल खर्च नगरी जे सक्यौ त्यहि सहयोग गयौं ।’

सामाग्री हस्तान्तरण गर्न महिला समुहसंगै स्थानीय स्थानेश्वर दुवाडी, रामबाबु अर्याल लगायत समेत आश्रम पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार