गोरखा । छिमेक लघुवित्त वित्तिय संस्थाले गोरखा नगरपालिकालाई खाद्धान्न सहित सरसफाईका सामाग्री सहयोग गरेको छ ।
वडा नम्बर १० को मनकामना बहिरा आवासिय विद्यालयको क्वारेनटाइनमा बस्ने नागरिकहरुको ब्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले लघुवित्तले सो सामाग्री दिएको हो ।
लघुवित्तले नगरपालिकालाई जिरा मसिना चामल ७५ केजि, भुजा १ बोरा, चाउचाउ ३ कार्टुन, मनजन ३ दर्जन, साबुन ४ दर्जन, ब्रस ३ दर्जन, सर्जिकल पञ्जा २ डब्बा, सर्जिकल मास्क १ सय ५० थान र सेनिटाइजर १ हजार एमएल सहयोग गरेको संस्थाकी सरस्वती श्रेष्ठले जानकारी दिइन ।
सो सामाग्री सोमबार नगरप्रमुख राजनराज पन्तलाई संस्थाका गोरखा शाखा प्रवन्धक टिका बहादुर थापाले हस्तान्तरण गरेका हुन् ।
