• शुक्रबार, साउन ८ २०८३

२२ स्थानीय तहका २६ वटा अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता

हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ ।


आइतबार, भाद्र १ २०८२
900
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका विभिन्न २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता गरेको छ ।

स्वास्थ्य बीमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रथम सेवा बिन्दु प्रयोगका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार बोर्डको आह्वानमा स्थानीय तहका स्वास्थ्य संस्थाहरूसँग सम्झौता भएको हो ।

बोर्डले पहिलो पटक सेवा बिन्दुको रूपमा सेवा दिने गरी सम्झौता गरेको हो । स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार यसलाई कार्यान्वयनमा ल्याइएको छ ।

बोर्डका अनुसार नयाँ सम्झौता सँगै बोर्डमा प्रथम बिन्दु  ४१७ र प्रेषण केन्द्र सहित जम्म ५०२ सेवा प्रदायक स्वास्थ्य संस्था रहेका छन् । हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ ।

यसले बीमितलाई आफ्नै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार सेवा सहज रूपमा पाउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार