• शनिबार, साउन ९ २०८३

गोरखामा जेसीज सप्ताह सुरु, पहिलो दिन दौड र सम्मान कार्यक्रम


आइतबार, भाद्र १ २०८२
2.5K
Shares

गोरखा । गोरखा जेसीजको आज देखी जेसीज सप्ताह सुरु भएको छ । भाद्र ७ गतेसम्म सञ्चालनमा हुने सप्ताहको आज एक कार्यक्रमकावीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।

सप्ताह अन्तर्गत पहिलो दिन आज आइतबार खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले बताए । जसमा ५३ जना धावकको सहभागिता थियो ।

पस्लाङ चौताराबाट सुरु भएको साढे ६ किमी दुरीको दौड प्रतियोगितामा निर्धारित दुरी पार गरी प्रथम, द्वितीय र तृतीय नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबका गणेश सिंह राउत, यमराज खत्री र गौतम श्रेष्ठ भएका छन् ।

उनीहरूले क्रमशः २१ मिनेट ५० सेकेन्ड, २२ मिनेट ३७ सेकेन्ड र २२ मिनेट ४५ सेकेन्डमा दुरी पार गरेका थिए । प्रतियोगितामा सान्त्वना हुने सरोज गिरीले २३ मिनेट ०३ सेकेन्डमा दुरी पार गरेको कार्यक्रम संयोजक सुजित श्रेष्ठले जानकारी दिए ।

दौडमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, ७ हजार ५०० सय, ४ हजार र २ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको श्रेष्ठले बताए ।

जेसिजले सप्ताह उद्घाटनको अवसरमा १९९५ मा भारतमा सम्पन्न ७औं सागमा स्वर्ण पदक विजेता तथा १९८८ मा दक्षिण कोरिया र १९९६ मा अमेरिकामा आयोजित ओलिम्पिकमा सहभागि धावक गोरखा नगरपालिका २ का टिका बहादुर बोगटीलाई सम्मान समेत गरेको छ ।

सप्ताह अन्तर्गतको दोस्रो दिन भोली सोमबार भाद्र २ गते आरुघाटको भिमोदय बहुमुखी क्याम्पसमा जनचेतना मूलक कार्यक्रम आयोजना गरिएको बताइएको छ । जेसीजको साताब्यापी कार्यक्रममा बिभिन्न कार्यक्रमहरु गरिने मुल संयोजक रचन परियारले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार