• शुक्रबार, साउन ८ २०८३

सम्भव नेपालद्धारा गोरखाका १५ क्लबलाई खेलकुद सामाग्री सहयोग


आइतबार, भाद्र १ २०८२
1.8K
Shares

गोरखा । सम्भव नेपालद्धारा गोरखा नगरपालिकाका सबै वडाका क्लबहरुलाई खेलकुद सामाग्री सहयोग गरेको छ । संस्थाले गोरखा नगरपालिका क्षेत्रका १३ वटा वडाका १५ क्लबलाई भलिबल र फुटबल खेलका लागि आवस्यक सामाग्री सहयोग गरेको जनाएको छ ।

शनिबार गोरखा नगरपालिका १० को खेलकुद मैदानमा एक कार्यक्रमका वीच १५ क्लबलाई खेल सामाग्री हस्तान्तरण गरिएको हो । जसमा हरेक क्लबलाई ३ थान फुटबल, १४ थान जर्सि, नेट, पम्प, सिट्ठी लगायतका सामाग्री रहेको सम्भव नेपालका प्रतिनिधी उत्तम अधिकारीले बताए ।

गोरखा नगरपालिकाका मेयर कृृष्णबहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको सामाग्री वितरण कार्यक्रममा उपमेयर मसलीमाया थोकर, वडा नम्बर १० का वडाध्यक्ष प्रदिप कुवँर लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा वडा नम्बर १० र वडा नम्बर ११ वीच मैत्रीपूर्ण फुटबल खेल समेत आयोजना गरिएको थियो ।

सम्भव नेपालले यसअघि भिमसेनथापा, शहिदलखन, आरुघाट गाउँपालिका लगायतमा समेत खेलकुद सामाग्री वितरण गरेको थियो ।

प्रेमकुमार खत्री अध्यक्ष रहेको सो संस्थाले विगतदेखिनै गोरखामा शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, खेलकुद लगायतका क्षेत्रमा बिभिन्न सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

सम्भव नेपालले जिल्लाका अधिकांश गाउँपालिकामा एम्बुलेन्स समेत निशुल्क वितरण गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार