• शुक्रबार, साउन ८ २०८३

जन्मदिनमा शिक्षिकाले दिइन् ५० विधार्थीलाई झोला


बिहिबार, साउन ३० २०८२
7K
Shares

गोरखा । आफ्नो जन्मदिनको अवसरमा गोरखामा एक शिक्षिकाले आफूले अध्यापन गराउने विधालयका ५० जना विधार्थीलाई झोला वितरण गरेकी छिन् ।

गोरखा नगरपालिका वडा नम्बर ८ को डुम्रीडाँडाँस्थित रत्नलक्ष्मी माध्यामिक विधालयकी शिक्षिका सविना पोखरेलले आफ्नो जन्मदिनका अवसरमा ५० जना विपन्न बालबालिकालाई झोला दिएकी हुन् ।

‘हरेक बर्ष आउने जन्मदिनमा मैले कुनै न कुनै सामाजिक सहयोगको काम गर्दै आइरहेको छु, यो बर्ष आफैले पढाउने विधालयका विधार्थीलाई सहयोग गर्न पाउँदा निक्कै हर्षित छु’ शिक्षिका पोखरेलले भनिन् ‘विपन्न, असहाय लगायतका ५० जना विधार्थीलाई किताबकापी बोक्ने झोला दिएको हो ।’

सो विधालयमा अधिकांश आर्थिक रुपमा विपन्न तथा धार्चे लगायतका गाउँपालिकाबाट बसाई सरी आएका बालबालिकाहरु अध्ययनरत रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार