• शनिबार, साउन ९ २०८३

फिनामवासीको गुनासो ‘अघिल्लो बर्ष आउछ भनेको दरौदी लिफ्टिङ अझै आएन’


मंगलबार, असार ३० २०७७
1.2K
Shares

गोरखा । अघिल्लो बर्ष नै सम्पन्न गर्ने भनिएको दरौदी लिफ्टिङ खानेपानी आयोजनाले आफुहरुलाई झुक्याएको फिनामका स्थानीयले गुनासो गरेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर ४ को कार्यालयले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो राख्दै स्थानीय सूर्य बहादुर थापाले अघिल्लो सालको दशैअघि घरघरमा आउने भनेको खानेपानी आयोजनाको काम अहिलेसम्म नसकिदा स्थानीय समस्यामा परेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै सम्शुदिन मियाँले भूकम्पले भत्काएको मदरसा भवन पुर्ननिर्माणमा अहिलेसम्म पनि कसैले चासो नदिएको प्रति दुखेसो गरे ।

कार्यक्रममा आएका अर्का सहभागी चित्र बहादुर खड्काले वडामा सञ्चालन भएका आयोजनाहरुको सार्वजानिक सुनुवाई नै नगरी बिल फरफारक भएको भन्दै आक्रोश पाखे । उनले हालसम्म सम्पन्न भएका आयोजनाका बारे सबै विवरण सार्वजानिक गर्न समेत माग गरेका छन् ।

त्यस्तै फजल मियाँले फिनामका विद्यालयको शैक्षिक अवस्था जिल्लाभर मै कमजोर हुनु दुखद भएको भन्दै केहि समयपछि यहाँका सबै विद्यालयले विद्यार्थी पाउन मुस्किल हुने अवस्था आउने खतरा बढेको बताए । उनले वडाले सञ्चालन गरेका विकासे काम प्रभावकारी नभएको समेत बताएका थिए ।

धार्मिक स्थलहरुको संरक्षणमा स्थानीय सरकारले चासो दिनुपर्ने भन्दै टेक बहादुर उपरकोटीले पार्कहरु निर्माण गर्ने तर संरक्षण र प्रचारमा कसैको ध्यान नपुग्दा जिर्ण बन्ने अवस्थामा पुगेको बताएका छन् ।

त्यस्तै स्थानीय अब्दुल करिम मियाँले कृषि अनुदानबाट वास्तविक किसान बञ्चित बनेको तर विचौलिया र ब्यवसायीले भने त्यसबाट लाभ लिइरहेको भन्दै अनुदान वितरण पारदर्शी र प्रभावकारी बनाउन माग गरे । सबै गाउँगाउँमा यातायात पु¥याउने भनिएपनि आफुहरु स्तरीय सडक अभावमा अझै पनि बिरामी पर्दा स्टेचरमा अस्पताल जानुपर्ने बाध्यता रहेको आशा बयलकोटीले बताइन ।

वडाध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उठेका जिज्ञासा र गुनासो सम्बोधन गर्दै नगरप्रमुख पन्तले सिंहदरवार गाउँगाउँमा पु¥याउने भनिएपनि आवस्यक बजेट र अधिकार कटौती हुदा स्थानीय सरकारले साचे अनुसार काम गर्न नसकेको बताएका छन् ।

त्यस्तै नगरपालिकाले सञ्चालन गर्ने योजनाहरुको सार्वजानिक सुनुवाई नगरी ल्याइएका बिलको भुक्तानी नदिएको स्पष्ट पार्दै उनले पारदर्शिता र गुणस्तरका बिषयमा स्थानीय चनाखो हुनुपर्ने बताए ।
त्यस्तै वडाध्यक्ष अधिकारीले काम गर्दै जादा कमीकमजोरी भए सच्याइदिन स्थानीयलाई आग्रह गरेका छन् ।

आफुले चुनावमा घोषणा गरे अनुसार नै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका क्षेत्रको विकासमा आफु लागेको बताउदै उनले अपुरा रहेका योजनाहरु आफ्नो बाँकी रहेको २ बर्षको कार्यकालभित्र सम्पन्न गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

कार्यक्रमको सहजिकरण रेडियो गोरखाका स्टेशन मेनेजर किशोरजंग थापाले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार