• शुक्रबार, साउन ८ २०८३

अर्याल मेडिकलद्धारा ३५ औं बार्षिकोत्सवको अवसरमा डाक्टरलाई सम्मान


शनिबार, साउन २५ २०८२
985
Shares

गोरखा । अर्याल मेडिकल हलले आफ्नो स्थापनाको ३५ औं बार्षिकोत्सव मनाएको छ । गोरखा नगरपालिका ७ सञ्चालित अर्याल मेडिकल तथा विज्ञान पोलिक्लिनिकले स्थापनाको ३५ औं बार्षिकोत्सव मनाएको हो ।

३५ बर्षअघि साविकको वक्राङ गाविसको वडा नम्बर ६ मा शिवबहादुर अर्यालको अगुवाईमा स्थापना भएको सो मेडिकल हाल गोरखा सदरमुकामको नयाँबजारमा सञ्चालित छ ।

हाल विनोद अर्याल सञ्चालक रहेको अर्याल मेडिकलले ३५ औं बार्षिकोत्सवको अवसरमा मेडिकल अफिसर डा सलभ थापालाई सम्मान समेत गरेको छ । २०७८ सालदेखि सो मेडिकल तथा क्लिनिकमा कार्यरत डा थापालाई कदरपत्रसहित सम्मान गरिएको हो ।

सो मेडिकलले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न समयमा अनाथ, विपन्न तथा सामाजिक रुपमा पछाडी परेका र दुर्गमका नागरिकलाई बिभिन्न स्वास्थ्य शिविरमार्फत निशुल्क र सहुलियत रुपमा स्वास्थ्य सेवा दिदै आएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार