• शनिबार, साउन ९ २०८३

गोरखा डान्स स्टार सिजन –३ को फाइनल अडिसन साउन २४ गते, १२ वटा टिमले प्रतिस्प्रर्धा गर्दै


शुक्रबार, साउन १७ २०८२
1.9K
Shares

गोरखा । गोरखा डान्स स्टार सिजन –३ को फाइनल यहि साउन २४ गते हुने भएको छ । गोरखा डान्स एकेडेमी र दारी ग्याङ गोरखाको संयुक्त आयोजनामा गत बैशाख २२ गतेबाट सुरु भएको गोरखा डान्स स्टार सिजन –३ को फाइनल अडिसन साउन २४ गते शनिबार गोरखा सदरमुकामको नयाँबजार स्थित गोरखकाली चलचित्र हलमा हुन लागेको हो ।

खुला एकल तथा सामुहिक गरी पालिका र जिल्ला स्तर हुँदैमा प्रतिस्प्रधा गर्दै फाइनल अडिसनमा १५ टिम प्रवेश गरेको गोरखा डान्स एकेडेमीका अध्यक्ष अजय विकले बताए ।

गाउँगाउँमा लुकेर बसेको कला संस्कृतीलाई उजागर गर्दै संरक्षण गर्ने र यसै क्षेत्रमा भविश्य कोर्न उर्जा थप्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष विकको भनाई छ ।

११ स्थानीय तहबाट छनोट गर्दै गत जेठ १५ गते जिल्ला स्तरमा भएको प्रतिस्प्रधामा ३६० जनाको सहभागिता रहेको थियो । सो प्रतिस्प्रधाबाट हाल १२ वटा टिम छनोट भई फाइनल अडिसनमा आइपुगेको उनको भनाई छ ।

आगामी २४ गते शनिबार हुने फाइनल अडिसन बिहान १० बजेबाट सुरु हुने दारी ग्याङ गोरखाका सहसचिव दिनेश विकले बताए ।

प्रतियोगतामा प्रथम हुनेले नगद ५० हजासहित प्रमाणपत्र, ट्रफी र मायाको चिनो प्राप्त गर्नेछ भने द्धितिय हुनेले नगद ३० हजार र तृतिय हुनेले नगद २० हजार प्राप्त गर्ने सहसचिव विकले बताए ।

प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा गोरखा नगरपालिका रहेको छ भने अन्य पालिका र संघसंस्थाहरुले समेत बिभिन्न प्रायोजन गरेको बताइएको छ ।

फाइनल अडिसनका लागि दर्शकलाई एक सय रुपैयाको टिकटको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार