गोरखा । नेपाली सेनाको सैन्य पदका लागि प्रयोगात्मक लिखित परिक्षा गोरखामा हुने भएको छ । लोक सेवा आयोग पोखरा कार्यालयले यहि साउन १४ गते सूचना प्रकाशित गर्दै शारिरिक तन्दुरुस्ती र प्रारम्भिक स्वास्थ्य परिक्षण परिक्षामा उर्तिण उम्मेदारको प्रयोगात्मक लिखित परिक्षा गोरखामै लिने गरी केन्द्र र मिति तोकेको हो ।
केहि समयअघि रुद्रध्वज गण गोरखामा शारिरिक तन्दुरुस्ती र प्रारम्भिक स्वास्थ्य परिक्षण परिक्षा लिइएको थियो । सो परिक्षामा उर्तिण हुने उम्मेदवारका लागि आगामी यहि साउन ३१ गते बिहान ११ बजेका लागि प्रयोगात्मक लिखित परिक्षा तोकिएको आयोगको सूचनमा उल्लेख छ ।
गोरखा नगरपालिका वडा नम्बर ९ को लक्ष्मिबजार स्थित श्री महालक्ष्मी माविमा केन्द्र तोकिएको सो परिक्षामा ७५ जनाको सहभागिता रहनेछ । परिक्षामा अंग्रेजी, नेपाली, गणित र सामान्य ज्ञान बिषयमा परिक्षा हुने बताइएको छ । जसमा खुला तथा समावेशी दुवै तर्फको परिक्षा हुनेछ । लोक सेवा आयोगले परिक्षाको आचारसंहिता तथा मापदण्ड समेत सो सूचनामा उल्लेख गरेको छ ।
लोक सेवा आयोग पोखरा कार्यालयको सूचना: