• शुक्रबार, साउन ८ २०८३

देशभर मनसुनी प्रभाव, बागमती–गण्डकीमा भारी वर्षाको सम्भावना


बिहिबार, साउन १६ २०८२
690
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले बागमती, गण्डकी र अन्य पहाडी भूभागमा सामान्य बदली र थोरै स्थानमा वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी लगायतका पहाडी तथा केही तराई भूभागमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज राति पनि कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार