• शुक्रबार, साउन ८ २०८३

पन्ध्र हजार बढी विद्यालयमा सयभन्दा कम विद्यार्थी


बिहिबार, साउन १६ २०८२
1K
Shares

काठमाडौं । मुलुकभर संचालित विद्यालयमध्ये सयभन्दा कम विद्यार्थी रहेका १५ हजार २ सय ७३ विद्यालयलाई समायोजन गर्ने तयारी शुरू भएको छ । सामुदायिक विद्यालयको बेहाल हुन थालेपछि अति कम विद्यार्थी भएका विद्यालयलाई अर्को विद्यालयमा गाभ्न लागिएको हो । त्यसको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गृहकार्य शुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शैक्षिक सूचना २०८१ अनुसार देशभर सञ्चालित २७ हजार २ सय ९८ विद्यालयमध्ये सयभन्दा कम विद्यार्थी भएको विद्यालयको संख्या १५ हजार २ सय ७३ छन् ।त्यस्तै, सयदेखि ५ सयसम्म विद्यार्थी भएका विद्यालय संख्या ९ हजार ७ सय ४, ५ सय १ देखि एकहजारसम्म १ हजार ६ सय ३६, १ हजार १ देखि १ हजार ५ सयसम्म ४ सय ४९,१ हजार ५ सय १ देखि २ हजारसम्म १ सय ३६ र २ हजारभन्दा बढी विद्यार्थी रहेको विद्यालय संख्या १ सय छन् ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सयभन्दा कम विद्यार्थी भएका विद्यालय गाभ्ने र अत्यन्तै कम विद्यार्थी भएका विद्यालय बन्द गर्ने योजना रहेको उल्लेख छ । हाल देशभर सामुदायिक र संस्थागत गरी ३५ हजार ४ सय ४७ विद्यालय छन् । त्यस्तै, १ हजार ४ सय २४ परम्परागत विद्यालय छन् ।

यो तथ्यांकले हरेक शैक्षिक सत्रमा सामुदायिक विद्यालय र विद्यार्थीको संख्या घट्दो क्रममा देखाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार