• शुक्रबार, साउन ८ २०८३

भोटेकोसी बाढीमा बेपत्ताको संख्या २० पुग्यो, गोरखाका २ जना पनि सम्पर्कविहीन


बुधबार, असार २५ २०८२
1.7K
Shares

भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। पछिल्लो ३:५० बजेको अपडेटअनुसार गोरखाका २ जना पनि सम्पर्कबिहीन भएको जानकारी आएकाले बेपत्ताको संख्या २० पुगेको रसुवा प्रहरीले जनाएको हो।

प्रहरीका गोरखाको पालुङ्टार नगरपालिका ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका हुन्। यसअघि सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन थिए।

नेपाली सेनाका अनुसार रसुवामा मंगलबार बिहान भोटेकोसीको आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ५१ जना पुरुष र ४ जना महिला छन्।

यस्तै, बाढीले रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार