• बुधबार, असोज १४ २०८३

गण्डकी सहितका प्रदेशमा आज राति ठूलो वर्षाको सम्भावना, सजग रहन आग्रह


सोमबार, असार २९ २०७७
1000
Shares

पोखरा । गण्डकी प्रदेशका केहि स्थान सहित प्रदेश १, प्रदेश २, बागमती प्रदेश साेमबार राती भारी (ठूलो) वर्षाको  सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ:

‘देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना र प्रदेश १,  प्रदेश २,  बागमती प्रदेशका र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार