गोरखा । एकिकरण नेपाल गोरखाद्धारा सञ्चालित सामाजिक सुरक्षा जालो कार्यक्रमको सामाजिक परीक्षण गरिएको छ ।
गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका लगायतका पालिकाहरुमा सञ्चालन भएको सामाजिक सुरक्षा जालो कार्यक्रमको बिहीबार एक कार्यक्रम गरि सामाजिक परीक्षण गरिएको हो ।
२०२३ जनवरीबाट सुरु भएको ३० महिनाको अवधिको उक्त कार्यक्रमको लेखा परीक्षण गरिएको एकिकरण नेपालको कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।
सामाजिक लेखा परिक्षणमा सामुदायिक सुरक्षा जालोबाट बाहिर रहेको मानिसहरुलाई कार्यक्रममा समाबेश गरी उनीहरुको उत्थान गर्ने, कमजोर घरपरिवारहरुलाई तत्काल जीविकोपार्जनको आवश्यकताहरु पुरा गर्नको लागि सहयोग र मनोसामाजिक पदामर्श सेवालाई प्रभावकारी र व्यवस्थित तरिकाले संचालन गर्ने लगायतका उपलब्धी भएको कार्यक्रममा बताइएको थियो । सामाजिक परीक्षणको सहजीकरण सिभिलखबरका सम्पादक मोहसिन अलि मियाँले गरेका थिए ।
एकिकरण नेपालका उपाध्यक्ष सिताराम तिवारीको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख मोहनवहादुर थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका उपप्रमुख मसली माया थोकर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उनीहरुले उक्त कार्यक्रमले समाजका गरिव असहाय असक्त महिला लगायतको हितमा महत्वपुर्ण काम गरेको भन्दै कार्यक्रमको निरन्तरताको कामना गरेका थिए ।