गोरखा । एसईईमा ४ जिपिए ल्याएका विधार्थीलाई गोरखाको मोडर्न सेकेण्डरी इङ्िलस बोर्डिङ स्कुलले ४० हजार पुरस्कारसहित सम्मान गरेको छ ।
गोरखा सदरमुकाममा सञ्चालित सो स्कुलबाट २०८१ मा एसईई परिक्षा दिएका सार्थक बगाले ४ जिपिए प्राप्त गरेपछि स्कुलले एक कार्यक्रमको आयोजना गरि नगद ४० हजार रुपैयासहित दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको प्रिन्सिपल सीताराम तिवारीले बताए ।
हरेक बर्षको एसईई तथा नगरस्तरीय परिक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउदै आएको यस स्कुलबाट यस बर्ष ४१ जनाले एसईई परिक्षा दिएका थिए । जसमा अन्यले समेत उत्कृष्ट जिपिए प्राप्त गरेको बताइएको छ ।
त्यस्तै स्कुलले विधार्थाीलाई मात्रै नभई शिक्षकहरुलाई समेत सम्मान गरेको छ । बिद्यार्थीहरुको उत्कृष्ट नतिजा आउनुमा शिक्षकहरुको मुख्य भुमिका रहेको भन्दै उनिहरुलाई समेत सम्मान गरिएको प्रिन्सिपल तिवारीको भनाई छ ।
जसमा हेमन्त आचार्य, सबिता सिंखडा, गोपाल खनखवास, रोशन नहर्की, गोमा सापकोटा अर्याल र बविता श्रेष्ठलाई दोसल्लासहित सम्मान गरिएको उनले बताए ।
हाल सो विधालयमा नर्सरीदेखि कक्षा १० सम्म गरी १ हजार २ सय बढी विधार्थी अध्ययनरत छन् ।