गोरखा । गोरखा सदरमुकाममा सञ्चालित द ओल्ड क्यापिटल माध्यामिक विद्यालयले एसईई उत्तिर्ण गर्ने विधार्थाीलाई सम्मान गरेको छ । जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएको ओल्ड क्यापिटलले आज एक कार्यक्रमकावीच विद्यार्थीलाई सम्मान गरेको हो ।
एसईई परिक्षामा ओल्ड क्यापिटलका २ जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्न सफल भएका थिए । ४ जिपिए प्राप्त गर्नेमा प्रशिद्धिका अर्याल र सम्पन्न खत्री रहेका छन् । उनिहरुलाई विधालयले नगद पुरस्कारसहित दोसल्ला, माला, मायाको चिनो तथा प्रशंसा पत्रले सम्मान गरेको प्रिन्सिपल जनक केसीले जानकारी दिए ।
त्यस्तै ओल्ड क्यापिटलबाट यस बर्ष ४२ जनाले ३ दशमलव ६ देखि ३ दशमलव ९८ सम्मको जिपिए ल्याएका छन् भने ४८ जनाले ३ दशमलव २ देखि ३ दशमलव ६ सम्मको जिपिए प्राप्त गरेका छन् ।
यसैगरी १५ जनाले २ दशमलव ८ देखि ३ दशलमव २ सम्मको जिपिए प्राप्त गर्दा १२ जनाले भने अन्य विभिन्न जिपिए ल्याएको प्रिन्सिपल केसीले बताए । कार्यक्रममा विद्यार्थीसहित उनिहरुका अभिभावकलाई समेत सम्मान गरिएको बताइएको छ ।
२०५२ सालमा स्थापना भएको ओल्ड क्यापिटलमा हाल करिब २ हजार ५ सय बढी विधार्थाी अध्ययनरत रहेका छन् । २०७८ सालमा जिल्लाकै इतिहासमा पहिलो पटक यस विधालयका विद्यार्थीले एसईईमा ४ जिपिए प्राप्त गरेका थिए ।
जिल्लाका अन्य विधालयमा एकै विधालयबाट १ जना भन्दा बढीले ४ जिपिए ल्याउन नसक्दा ओल्ड क्यापिटलमा भने यस बर्ष २ जनाले ४ जिपिए प्राप्त गरेका हुन् । त्यस्तै अन्य विद्यार्थीहरुले समेत उत्कृष्ट जिपिए ल्याउन सफल भएको भन्दै विधालयले अभिभावसहितलाई बोलाएर खुसी साटासाट गरेको जनाएको छ ।
विधालयका अध्यक्ष सुरेन्द्र कुवँरको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा गोरखा नगरपालिकाका शिक्षा अधिकृत चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विधालयका सहायक प्रअ हरिशचन्द्र खनाल, विधालयका शैक्षिक सल्लाहकार पुरुषोत्तम भट्टराई, अभिभावकको तर्फबाट कल्पना अर्याल, गिता खत्री साथै ४ जिपिए प्राप्त गर्ने विधार्थी प्रशिद्धिका अर्याल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमकै अवसरमा एसईई परिक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई अबको शैक्षिक यात्रा, करिअर विकासका चरण, आइपर्ने चुनौती, विषय छनोट लगायतका बिषयमा प्रशिक्षण समेत गराइएको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै विधालयका अध्यक्ष कुवँरले ओल्ड क्यापिटललाई जिल्लाको मात्र नभई देशभरकै शैक्षिक हव बनाउने गरी अघि बढेको जानकारी दिए ।
हाल यस विधालयमा नर्सरीदेखि कक्षा १० तथा कक्षा ११ र १२ मा विज्ञान संकाय, ब्यवस्थापन तर्फ होटल म्यानेजमेण्ट, कम्युटर साइन्स तथा प्राविधक तर्फ एचए, फार्मेसी, सब ओभरसियर लगायतका बिषयमा पढाई हुने अध्यक्ष कुवँरले बताए ।