• शनिबार, साउन ९ २०८३

गोरखा २ का किसानलाई लागत साझेदारीमा कृषि सामाग्री


शुक्रबार, असार १३ २०८२
970
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बरका किसानलाई लागत साझेदारीमा बिभिन्न कृषि सामाग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा वडाको कृषि तथा पशुपालक प्रोत्साहन कार्यक्रम अन्र्तगत विभिन्न सामाग्री वितरण गरिएको हो ।

किसानको माग र आवस्यतालाई मध्यनजर गरेर बिभिन्न कृषि औजार तथा सामाग्रीहरु प्रदान गरिएको वडाध्यक्ष रहमतुल्ला मियाँले बताए । जसका लागि वडाले आठ लाख रकम लगानी गरेको र अपुग रकम सामाग्री अनुसार ५० देखि २५ प्रतिशतसम्म स्वयम किसानको लागत साझेदारी रहेको उनको भनाई छ ।

जसमा हातेट्रयाक्टर, कम्माइन मिल, सिंचाइका लागि पाइप, मौरीको घार, बंगुरका पाठा पाठी, फूलको बिऊ, कुखुराको चल्ला लगायतमा वितरण गरिएको बताइएको छ । कार्यक्रमबाट २२ जना कृषकले हाते ट्रयाक्टर, एक जनाले मिल लिएका छन् भने ५० वटा मौरीको घार समेत वितरण गरिएको छ ।

त्यस्तै ९ जना कृषकलाई बंगुरको पाठापाठी, २ हजार ३०० मिटर पाइप, सयपत्री फूलको बिऊ २० पोका, फुल खेतीलाई जैविक मल, मखमली फुलको बिऊ, ५३ वडा एबोगाडोको बिरुवा र ३०० वटा कुखुराको चल्ला वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रमका वीच सामाग्री वितरण गरिएको हो । कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णवहादुर राना, उपप्रमुख मसली माया थोकर लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार