• आइतबार, साउन १० २०८३

गण्डकीमा आज ७ जनालाई काेराेना पुष्टि, संक्रमितकाे संख्या १२ सय पुग्याे


सोमबार, असार २९ २०७७
655
Shares

पोखरा । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा परीक्षण भएको स्वाबमा ५ जिल्लाका ७ जना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

तनहुँ घिरिङ गाउँपालिकाका २ जना पुरुष, पर्वत मोदी गाउँपालिकाका १ जना महिला, बागलुङ तमानखोला गाउँपालिका र गलकोट नगरपालिकाका १ पुरुष र १ महिला, म्याग्दी मालिका गाउँपालिकाका १ जना पुरुष र स्याङ्जा पुतलीबजार नगरपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई थप उपचारका लागि जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक डा शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९९ पुगेको छ ।

प्रदेशका संक्रमितमध्ये ७ सय ७९ जना निको भएका छन् भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार