गोरखा । रोटरी क्लब अफ बज्र मनासलु गोरखाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५० जना बढीले सेवा लिएका छन् ।
शनिबार क्लबले गोरखा नगरपालिका वडा नम्बर ७ मा आयोजना गरेको निशुल्क शिविरमा २ सय ५१ जनाले सेवा लिएका हुन् । जसमा २५१ जनाको स्वास्थ्य परिक्षण, १४९ जनाको भिडियो एक्स्रे, ९९ जनाको सुगर परिक्षण गरिएको क्लबका इलेक्ट प्रेसिडेण्ट विनोद अर्यालले जानकारी दिए ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा रवि रेग्मी, छाती मुटु तथा पेटरोग विशेषज्ञ डा विजय शर्मा, रोडियोलोजिष्ट डा रजनिश मानन्धर, मेडिकल अफिसर डा आकृति सापकोटा लगायतको स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गरिएको थियो ।
नयाँबजारको अर्याल मेडिकल हल तथा विज्ञान पोलिक्लिनिकको प्राविधिक सहयोगमा आयोजना भएको शिविरमा बिरामीलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
क्लबका अध्यक्ष सुमेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष विष्णु श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो ।