• आइतबार, साउन १० २०८३

विश्वमा एकै दिन काेराेना संक्रमितकाे संख्या हाल सम्म सम्मकै उच्च


सोमबार, असार २९ २०७७
775
Shares

काठमाण्डाै । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा हाल सम्म सम्मकै उच्च रेकर्ड कायम भएको जनाएको छ ।

बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० संक्रमित फेला परेका छन् ।

थपिएका संक्रमित मध्ये संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा धेरै रहेका छन् । डब्ल्यूएचओको रेकर्ड अनुसार यस अघि जुलाइ १० मा एकै दिन २ लाख २८ हजार १ सय २ जना संक्रमित फेला परेका थिए ।

त्यस्तै पछिल्लाे २४ घण्टामा कोरोनाका मृत्यु हुनेकाे संख्या ५ हजार रहेकाे जनाइएकाे छ ।

पछिल्लाे तथ्यांक अनुसार विश्वमा कोरोनाभाइरसका संक्रमितकाे संख्या १ करोड ३० लाख नाघेकाे छ भने ५ लाख ६५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार