• शुक्रबार, साउन ८ २०८३

गण्डकी प्रदेशमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ प्रति स्कुले विधार्थीको आकर्षण बढ्दो

उक्त कार्यक्रममा दुई हजार ५ सय विद्यार्थीको सहभागिता


बिहिबार, जेष्ठ ३० २०८२
955
Shares

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । पढाईसँगै जीवनपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको हो ।

विद्यार्थीलाई विज्ञान विषयमा अभिरुचि जगाउँदै भविष्यमा वैज्ञानिक उत्पादन गर्ने कार्यक्रमको लक्ष्य रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेलले जानकारी दिए ।

उनका अनुसार जेहेन्दार, विपन्न एवम् सीमान्कृत वर्गका विद्यार्थीलाई शिक्षासँगै रोजगारीको अवसर सिर्जना गर्न प्रदेशका ३४ वटा सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएका छन् । “पठनपाठनसँगै सीप प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य उद्देश्य हो”, उनले भने, “कार्यक्रमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि र आर्थिक स्तरीकरणसमेतमा सहयोग पुग्ने विश्वास छ ।”

उक्त कार्यक्रममा दुई हजार ५०० विद्यार्थीले सहभागिता जनाएका छन् । प्रदेश सरकारको कार्यविधिअनुसार कार्यक्रम सुरुको अवस्थामा प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ र त्यसपछि प्रतिवर्ष दुई लाख रुपैयाँका दरले आर्थिक सहयोग गरिँदै आएको निर्देशक पौडेलले बताउनुभयो । प्रदेशका ३६ वटा सङ्घीय निर्वाचन क्षेत्रमा एक/एक ‘स्टिमल्याब’ स्थापना गरी सो कार्यक्रम सञ्चालन गरिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार