• शनिबार, साउन ९ २०८३

धार्चेमा विपद् पूर्व तयारी तथा सुरक्षित विद्यालय योजना तालिम


बुधबार, जेष्ठ २९ २०८२
1.3K
Shares

गोरखा । धार्चे गाउँपालिकामा विपद् पूर्व तयारी तथा सुरक्षित विद्यालय योजना तालिम सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेसनलको सहयोग तथा पद्धती विकास सेवा केन्द्रको आयोजनामा तालिम भएको हो ।

तालिममा धार्चेका १५ विधालयका प्रधानाध्यापक तथा विधालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका गरी २६ को सहभागिता रहेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीइ अधिकृत काजीमान सुनारको तालिम समापन कार्यक्रममा अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, प्रशिक्षक कृष्ण बसौला, गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज जोशी, सामुदायिक विधालयहरुका तर्फबाट कुमार बहादुर गुरुङ, सञ्जय ढकाल लगायतले मन्तब्य राखेको पद्धती विकास सेवा केन्द्रकी सृजना ढकालले जानकारी दिइन् ।

तालिममा विपद्को प्रकार, रोकथाम तथा जोखिम न्युनिकरणका उपाय, जोखिमको अवस्था, चुनौती लगायतका बिषयमा छलफल गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार