• शनिबार, साउन ९ २०८३

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीले जित्यो


बुधबार, जेष्ठ २९ २०८२
850
Shares

गोरखा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीले जितेको छ । सोमबार र मंगलबार भएको १६ औं  प्रतियोगितामा २७ स्वर्ण, १० रजत र ११ कांस्य पदक जित्दै कास्की उपाधि विजेता बनेको हो । उपाधि विजेता कास्कीले शिल्ड र कप पुरस्कार पाएको छ ।

त्यस्तै प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र ९ कांस्य पदक जितेर म्याग्दी दोस्रो, १० स्वर्ण, १० रजत र १० कांस्य पदक जितेर बाग्लुङ तेस्रो बनेको छ । ७ स्वर्णसहित ५ रजत र ४ कांस्य जितेर गोरखा चौथो र ६ स्वर्ण, १४ रजत र १२ कांस्य जितेर नवलपुर पाँचौं बनेको छ ।

यस्तै ४ स्वर्ण, ६ रजत र १० कांस्य पदक जित्दै लमजुङ छैटौं, २ स्वर्ण ६ रजत र १७ कांस्य पदक जितेर तनहुँ सातौं, २ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जितेर स्याङजा आठौं, १ स्वर्ण, ३ रजत र ७ कांस्य जितेर पर्वत नवौं बनेको छ ।

प्रतियोगिताको विभिन्न खेलमध्ये गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा भलिबल र कबड्डी ९महिलारपुरुष०, कभर्ड हलमा तेक्वान्दो र कराते खेल भएका थिए । त्यस्तै गोरखा नगरपालिका–१० छेवेटार स्थित खेलकुदमैदानमा एथलेटिक्स र उसु खेल सञ्चालन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार