• शनिबार, साउन ९ २०८३

भुतपुर्व सैनिक संघ गोरखाले मनायो स्थापना दिवस


आइतबार, जेष्ठ २६ २०८२
980
Shares

नेपल भुतपुर्व सैनिक संघ गोरखाले ३५ औँ स्थापना दिवस मनाएको छ । शनिबार ३५ औ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएको हो ।

स्थापना दिवसको अवसरमा केन्द्रिय तथा प्रदेशका विभिन्न पदाधिकारीहरुलाई सम्मान गरिएको अध्यक्ष बद्रीप्रसाद पोखरेलले जानकारी दिए । बालमन्दिर माध्यमिक विद्यालयका अनाथ बालबालिका लाई २० हजार बराबरको स्टेशनरी सामाग्री बितरण गरिएको उनले बताए ।

संघका अध्यक्ष पोखरेलको अध्यक्षता तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य बिना कुमारी श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गोरखाका सचिव किश्वर जंग थापा, केन्द्रिय उपाध्यक्ष चन्द्रवहादुर गुरुङ, संघका केन्द्रिय सहसचिव दिलवहादुर थापा, संघका सदस्य हरिकुमार थापा लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार