• बुधबार, भाद्र ३ २०८३

रोटरी क्लब अफ बज्र मनासलु गोरखाको पाँचौ पदस्थापन कार्यक्रम सम्पन्न


आइतबार, असार २८ २०७७
880
Shares

गोरखा । रोटरी क्लब अफ बज्र मनासलु गोरखाको पाँचौ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२०–२१ का लागी बिष्णु राना मगरलाई बर्ष २०१९–२० का अध्यक्ष रुस बाबु जोशीले पदभार हस्ताण्तरण गरेका हुन ।

शनिबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलले अध्यक्ष रानालाई पदस्थापन गरी रोटरीको सपथ गराएका थिए । साथै अध्यक्ष रानाले नयाँ कार्यसमितिलाई सपथ गराए । कार्यक्रमकै अवसरमा क्लबले आफ्नो आधिकारिक वेवसाईट www.rcbajramanasalu.com को पनि शुभारम्भ गरेको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष जोशीले आफ्नो कार्यकालमा सम्पन्न भएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने अध्यक्ष रानाले आफ्नो कार्यकालका भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर, अतिथिहरु असिष्टेन्ट गभर्नर तिवारी, रोटरी क्लब अफ गोरखाका अध्यक्ष काशीनाथ अंगाई, पवनरमण खनाल, संस्थापक अध्यक्ष भाईचन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष बाबुराम श्रेष्ठ, प्रेसिडेन्ट ईलेक्ट कृष्णमान श्रेष्ठ (ईश्वर), उपाध्यक्ष नोख बहादुर बोगटी (अमृत) लगायतले आफ्ना भनाई राखेका थिए ।

त्यस्तै शनिबार नै रोट्रयाक्ट क्लब अफ बज्र मनासलु गोरखाको पनि चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०१९–२० का अध्यक्ष अनुषा श्रेष्ठले वर्तमान अध्यक्ष चिजकुमार श्रेष्ठलाई आफ्नो पदभार हस्तान्तरण गरेकी हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार