• शुक्रबार, साउन ८ २०८३

नेपाली भाषा शिक्षणको कष्टमाइज तालिम सञ्चालनका लागि चार पालिकामा २५ प्रशिक्षक तयार


आइतबार, जेष्ठ १९ २०८२
1.4K
Shares

गोरखा । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा एकिकरण नेपालले चार पालिकामा २५ प्रशिक्षक तयार गरेको छ । एकीकृत पाठ्यक्रम अन्तरगत नेपाली भाषा शिक्षणको कष्टमाइज तालिम सञ्चालनका लागि प्रशिक्षक तयार पारिएको हो ।

साक्षरता कार्यक्रमको विस्तार ढाँचा अन्तरगत अजिरकोट, आरुघाट, बारपाक सुलिकोट र शहिद लखन गाउँपालिकाका ६९ विद्यालयमा साक्षरता कार्यक्रम विस्तार हुन गइरहेको छ ।

कार्यक्रम विस्तार हुने ६९ विद्यालयका नेपाली भाषा शिक्षण गर्ने शिक्षकहरुका लागि तालिम सञ्चालन गर्न प्रशिक्षक प्रशिक्षण मार्फत प्रशिक्षक तयार गरिएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिनु भयो ।

एकीकृत पाठ्यक्रम अन्तरगत नेपाली भाषा शिक्षणका आठ भाषिक तत्वको परिचय, भाषिक तत्व विकासका क्रियाकलाप, क्रियाकलाप सञ्चालन गर्दा अवलम्वन गर्नु पर्ने शिक्षण रणनीतिका साथै विद्यार्थीको सिकाइ मूल्याङ्कनका विभिन्न तरिका, कार्यसञ्चयिका निर्माणका साथै तालिम सहजीकरणका सिपमा प्रशिक्षण गरिएको थियो ।

जेठ १२ देखि १५ गते सम्म सञ्चालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सहजीकरण रुम टु रिडका एल बी खड्का र कृष्ण खतिवडाले र एकिकरण नेपालका रुशा तामाङ, होम बहादुर थापा र श्रेयस खरेलले गर्नु भएको थियो ।

प्राथमिक कक्षामा अध्ययनरत विद्यार्थीहरुमा पढ्ने सिप र पढ्ने बानीको विकासमा सहयोग गर्ने उद्देश्यले रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा एकिकरण नेपालले जिल्लाका २१९ सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । जसबाट झण्डै १२ हजार विद्यार्थीको प्रत्यक्ष रुपमा लाभान्वित भइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार