• शनिबार, साउन ९ २०८३

सिरानचोकमा विज्ञ सभा सुरु

विज्ञ सभाले आगामी सिरानचोक विकासको खाका कोर्ने


आइतबार, जेष्ठ १९ २०८२
1K
Shares

गोरखा । सिरानचोक गाउँपालिकामा विज्ञ सभा सुरु भएको छ । आर्थिक बर्ष २०८२/८३ को योजना तथा बजेट निर्माणको पूर्वसन्ध्यामा सिरानचोकले विज्ञ सभाको आयोजना गरेको हो ।

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा भएको सभा उद्घाटन कार्यक्रममा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नाष्ट) का सचिव डाक्टर रबिन्द्र ढकालको प्रमुख आतिथ्यता रहेको थियो । ढकाल सिरानचोकको हर्मिका स्थायी बासिन्दा समेत हुन् ।

शनिबारबाट सुरु भएको विज्ञ सभामा सिरानचोक गाउँपालिका क्षेत्र घर भई राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरका बिभिन्न क्षेत्रमा ख्याती प्राप्त विज्ञहरुको सहभागिता छ । तिन दिनसम्म चल्ने विज्ञ सभामा सञ्चालित योजना तथा कार्यक्रमहरुको समिक्षा तथा प्रभाविकारिता अध्ययन, नीति समिक्षा, सम्भाब्य प्रभावकारी योजना तथा कार्यक्रमहरुको सिफारिस, भावी नीति, योजना निर्माण लगायतका बिषयमा छलफल गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

जसका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, प्रविधी लगायत बिभिन्न बिषय र क्षेत्रमा कृयाशिल तथा विशेषज्ञता हासिल गरेका १५ जना भन्दा विज्ञहरुले कार्यक्रममा प्रस्तुतिकरण र सहजिकरण गर्ने बताइएको छ । विज्ञ सभाले आगामी सिरानचोक विकासको खाका कोर्ने र बिभिन्न नमुना मोडलहरु तयार गर्ने अपेक्षा लिइएको छ ।

सभा गाउँपालिकाभरका शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि तथा बिभिन्न बिषयगत र क्षेत्रगत कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई समेत सहभागी गराइएको छ । उनिहरुवीच विज्ञसहित बिषयगत छलफल गराई निष्कर्ष निकालिने सभाको उदेश्य रहेको छ ।

शनिबार भएको विज्ञसभा उद्घाटन कार्यक्रममा वैज्ञानिक डा रबिन्द्र ढकाल, उपाध्यक्ष रिता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्याल, वडा नम्बर ४ का वडाध्यक्ष भरत हमाल, सामाजिक विकास कार्यालयका प्रमुख दशरथ शर्मा, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तब्य राखेको स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार