• शनिबार, साउन ९ २०८३

गणतन्त्र दिवसका अवसरमा बिरामी र असहायलाई फलफुल वितरण


बिहिबार, जेष्ठ १६ २०८२
1.3K
Shares

गोरखा । गणतन्त्र दिवशको अवसरमा गोरखा अस्पताल र मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासनको समन्वयमा गैरसरकारी महासंघ गोरखाले प्रदेश अस्पताल गोरखाका २६ जना बिरामीलाई फलफुल वितरण गरेको अध्यक्ष हरि देवकोटाले जानकारी दिए । अस्तालमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई स्वास्थ्य सुधारको कामना गर्दै फलफूल वितरण गरिएको उनले बताए ।

यसैगरी मानव सेवा आश्रम गोरखाका विद्यार्थीहरुलाई फलफूल वितरण गरिएको छ । अन्तर पुस्ता महिलाबादी मञ्चको सहयोगमा बिहीबार आश्रमका ५२ जना विद्यार्थीलाई फलफूल वितरण गरिएको हो । आश्रमका विद्यार्थीलाई सहयोग पु¥याउने हेतुले १८ औँ गणतन्त्र दिवसको पुर्वसन्ध्याको अवसर पारेर फलफुल वितरण गरिएको देवकोटाले जानकारी दिए ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, जिल्ला न्यायधीश शिवबहादुर रानाभाट, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, जिल्ला समन्वय समिति उपप्रमुख लिला परियार, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, अस्पतालमा मेडिकल सुपरिण्डेट सिदार्थ खनाल, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतका सरोकारवालाहरुको उपस्थितिमा फलफूल वितरण गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार