• आइतबार, साउन १० २०८३

सचेतनासंगै गोरखामा लायन्सले दियो १ हजार जनालाई मास्क


आइतबार, असार २८ २०७७
910
Shares

गोरखा । लायन्स क्लब अफ गोरखाले सदरमुकाममा सचेतनामुलक ¥याली गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट आफु बच्न र अरुलाई समेत बचाउन सुरक्षाका उपाय सिकाउदै क्लबले गोरखा बजारको हरमटारीदेखि बसपार्कसम्म सचेतना ¥याली गरेको हो ।

सामाजिक दुरीको पालना गर्दै संक्रमणको जोखिम न्युनिकरणका लागि अपनाउन सकिने उपाय सिकाउन ¥याली आयोजना गरिएको क्लबका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।

¥यालीसंगै क्लबले एक हजार जनालाई मास्क समेत वितरण गरेको जनाएको छ । ‘कोभिड १९ को संक्रमण बढ्दै छ, यसबाट बच्न र संक्रमण कसरी फैलिन नदिने भनेर हामीले सचेतनामुलक ¥याली आयोजना गरेका हौ’ क्लबका अध्यक्ष श्रेष्ठले भने ‘¥यालीसंगै बाटोमा मास्क बिना भेटिएका नागरिकलाई एक हजार सर्जिकल मास्क पनि वितरण गरेका छौ ।’

कार्यक्रममा लायन्स क्लब अफ गोरखा कालिका, लियो क्लब अफ गोरखा सहित जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय गोरखाको समेत सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरुले जनचेतना मूलक सन्देश लेखिएका फ्लेक्स, पम्प्लेट लगायत प्रदर्शन गरेका थिए ।

‘माक्स लगाउ कोरोना भाइरसको न्युनिकरण गरौ’ भन्ने नाराका साथ सहभागीहरुले नागरिकहरुलाई कोरोना संक्रमणको सम्भावित जोखिमको रोकथामका लागि अनिबार्य मास्क लगाएर हिड्न आग्रह समेत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार