• शनिबार, साउन ९ २०८३

नमुना प्रतिक्षालय टोलको तेस्रो साधारणसभा सम्पन्न


आइतबार, जेष्ठ १२ २०८२
1K
Shares

गोरखा । गोरखा नगरपालिका–८ स्थित नमुना प्रतिक्षालय टोल विकास संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजन ढुंगानाको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा वडाध्यक्ष ऋषिराम खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्षालयस्थित टोल विकास संस्थाको भवनमा सम्पन्न कार्यक्रममा टोलले सञ्चालन गरेका गतिविधी, भावी योजना तथा विकास निर्माणका बारे छलफल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष खत्रीले सिमित स्रोतसाधनका कारण सोचे अनुसार जनताको अपेक्षा पूरा गर्न नसिकिएको बताएका छन् ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मोहसिन अलि मियाँ, शिवटोल विकास संस्थाका अध्यक्ष बद्रिप्रसाद पोखरेल, सदर हरमटारी टोल विकास संस्थाका सचिव निरञ्जनरवण खनाल, एनपिआई गोरखा अस्पतालका उपाध्यक्ष सरद कट्टेल लगायतले मन्तब्य राखेका थिए ।

साधारणसभा उद्घाटन पश्चात भएको बन्दसत्रमा संस्थाका अध्यक्ष ढुंगानाले भावी कार्ययोजना साथै सचिव सृजना ढकाल र कोषाध्यक्ष मञ्जु थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार