काठमाडौं । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५ प्रयोगशालाबाट ३९१६ जनाको परीक्षण भएकोमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
कूल संक्रमित १६ हजार ८०१ जना रहेकोमा हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको र निको हुने हरूको संख्या ८ हजार ५८९ रहेको उनले बताए ।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ जना निको भएर डिस्चार्ज भएका छन् भने हाल क्वारेन्टिनमा २३ हजार ७८४ र आइसोलेशनमा ८ हजार १७४ जना रहेका छन् ।