नेपाल मोबाइल ब्यवसायी संघ जिल्ला समिति गोरखाको अध्यक्षमा सन्दिप ढकाल चयन भएका छन् ।
समितिको शुक्रबार भएको दोसोे अधिवेसनले ढकालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्ष शशी किरण श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ, सचिवमा जयराम शाही, सह–सचिवमा प्रविन उपरकोटी र कोषाध्यक्षमा सन्देश श्रेष्ठ चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा मोहनकुमार श्रेष्ठ, राजकुमार रोका, मिलन उपरकोटी, सोम श्रेष्ठ धमेन्द्र श्रेष्ठ (आरुघाट), मन्दिप श्रेष्ठ (पालुङटार), राजिब बोहरा र भिमसेन भट्टलाई चयन गरेको छ ।
अधिवेशनले अध्यक्ष सल्लाहकारमा रुवेन्द्र कुँवर, बोर्ड सल्लाहकारमा अश्विन ढुङ्गाना र सल्लाहकारमा पुष्कल अर्याल र बिकास घिमिरेलाई चयन गरेको नयाँ समितिले जनाएको छ ।
समितिका निर्वतमान अध्यक्ष सुमन कार्कीको अध्यक्षता तथा गण्डकी प्रदेश सभाका सांसद नन्दप्रसाद न्यौपानेको प्रमुख आत्थियतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर राना मगर, भूमि समस्या समधान आयोगका प्रमुख राजनराज पन्त, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष भागवनबाबु मास्के लगायतले मन्तव्य राखेका थिए ।