काठमाडौं । पत्रकारिता मार्फत साँगीतिक क्षेत्रलाई उल्लेखनीय योगदान दिएको भन्दै करिश्मा केसीलाई संगीत पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड ‘एन आइ एम’ २०८१ को आठौं संस्करण अन्र्तगत सञ्चारकर्मी केसीलाई नगदसहित सम्मान प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले उनलाई सो सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
१५ वर्षदेखि पत्रिका, रेडियो, टेलिभिजन हुँदै डिजिटल माध्यममार्फत लोकसंगीत, कलाकार र सांगीतिक गतिविधिहरूको प्रचार–प्रसारमा सक्रिय रहँदै आएकी केसीले हाल हरेकपोष्टबाट प्रसारण ‘लोक गफ’ नामक पडकास्ट र ‘जम्काभेट’ नामक भिडिओ शृङ्खला सञ्चालन गर्दै आएकी छिन्।
सम्मान प्राप्त गरेपछि केसीले आफूले गर्दै आएको कर्मको मुल्यांकन भएकाले अत्यन्त खुशी लागेको बताइन्, ‘मैले पत्रकारितामा पनि साँगीतिक क्षेत्रलाई बिट बनाएर काम गर्दै आइरहेको थिए, समाजले मुल्यांकन गर्दो रहेछ, यो सम्मानले मलाई यस क्षेत्रको प्रचार र संरक्षणमा अझ जिम्मेवार र प्रेरित बनाएको छ।’ केसीले भनिन् ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालकी केन्द्रीय सदस्य समेत रहेकी उनी पछिल्लो समय डिजिटल प्रविधिको प्रयोग गर्दै साँगितिक क्षेत्रको प्रवद्र्धनमा सकृय छिन् ।