• शुक्रबार, साउन ८ २०८३

शहिद लखनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरियो


मंगलबार, बैशाख १६ २०८२
1.4K
Shares

गोरखा । शहिद लखन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।

खोप उमेर समूहका सम्पूर्ण बालबालिकाहरु खोपको पहुँचमा रहेकाले सोमबार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

जन्मेदेखि १५ महिना मुनिका बालबालिका र १६ देखि २३ महिना सम्मका सबै बालबाललिकाहरुले पूर्ण खोप पाएको उनले बताए । ‘सो उमेर समूहका बालबालिकाले नियमित रुपमा खोप सेवा लिइरहेको छ कि छैन भनेर घरदैलो सर्बेक्षणमा तथ्यांक संकलन गरेका थियौं,’ उनले भने, ‘जसमा घर दैलो गरेर भेटेका विभिन्न वडाका १५ महिना भित्रका २४७ र १६ देखि २३ महिना सम्मका १३६ जना बालबालिकालाई खोप लगाएका छौं ।’

तथ्यांक संकलनको क्रममा गाउँपालिका भरी कुनै पनि बालबालिकाहरुले पूर्ण खोप लगाउँनबाट बञ्जित नभएकोे उनको भनाई छ । अन्र्तगत पालिका भित्रका उक्त उमेर समुहका ३८३ जनालाई खोप लगाएको गाउँपालिकाले जनाएको छ ।

२०७४ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसँगै यसलाई निरन्तरता दिन हरेक वर्ष पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने गरिएको उनले बताए ।

गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, जिल्ला स्वास्थ्य कार्यालय गोरखाका खोप फोकल पर्सन नानिबाबु दानी, वडा नं. ८ का वडाध्यक्ष बासुदेव ढकाल, वडा नं. ६ का वडाध्यक्ष दिलिपनारायण थापामगर, नेपाली काँग्रेस शहिद लखनका सभापति काशिनाथ अंगाई, नेकपा एमाले शहिद लखनका अध्यक्ष काजिराम श्रेष्ठ,नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, गाउँपालिकाको जनस्वास्थ्य निरिक्षक बिश्व श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । उनीहरुले प्रतिवद्धता लेखिएको ब्यानरमा हस्ताक्षर समेत गरेका छन् ।

त्यस्तै आरुघाट गाउँपालिका पनि सोही दिन पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको गाउँपालिकाले जनाएको छ । अहिले जिल्लाका सबै स्थानीय तह र मातहतका वडाहरुमा पूर्ण खोप कार्यक्रम र पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमहरु भइरहेका छन् । जिल्लालाई पूर्ण खोप दिगोपना राख्नका लागि सरोकारवालाहरु लाई झक्झक्याउने काम गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार