• शनिबार, साउन ९ २०८३

आरुघाटमा सार्वजनिक सुनुवाई, जनताका गुनासा र सुझावलाई सम्बोधन गर्ने प्रतिवद्धता


मंगलबार, बैशाख १६ २०८२
1.6K
Shares

गोरखा । आरुघाट गाउँपालिकाद्धारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ मा गाउँपालिकाले सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवाहका बारे सार्वजनिक सुनुवाई गरिएको हो ।

नागरिक समाज सञ्चार नेट्वर्कको सहजीकरणमा भएको कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाह, योजना सञ्चालन, भौतिक, सरसफाई, आर्थिक पारदर्शिता, जवाफदेहिता लगायतका सुचकहरुमा स्थानीय सेवाग्राहीहरुसंग गरिएको अध्ययन तथा सर्भेको नतिजा सार्वजनिक गरिएको थियो । जसमा गाउँपालिकाको समग्र सेवाको अवस्थालाई स्थानीयले राम्रो रहेको र यसलाई अझै उत्कृष्ट बनाउनुपर्र्नेमा जोड दिएका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु गुरुङले नागरिक प्रतिवेदन, बहिर्गमन प्रतिवेदन तथा संकलन गरिएका जनताका गुनासा र सुझावलाई मनन गर्दै आगामी दिनमा गाउँपालिकाको सेवा प्रवाह थप प्रभावकारी बनाउने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा उठेका गुनासा, जिज्ञासा तथा सुझावहरुलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले आफू जुन सुकै राजनीतिक पार्टीबाट निर्वाचित भएर आएपनि ब्यक्तिगत र राजनीतिक स्वार्थबाट टाढा रहेर समग्र आरुघाटको विकास र यहाँका जनताको हितमा काम गरिरहेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिवद्धता ब्यतm गरेका छन् ।

बूढीगण्डकी आयोजनाबाट डुबान पर्ने क्षेत्रमा आफूले चाहेरपनि पूर्वाधार निर्माण लगायतका काम गर्न नसकेको भन्दै उनले अब सबै मिलेर आयोजना निर्माणलाई अघि बढाउन दवाव सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले स्रोत साधन सिमित हुँदा जनताका असिमित आशा र अपेक्षालाई एकैचोटी सम्बोधन गर्न नसकिदा गुनासो बढ्नु स्वभाविक बनेको बताइन् । प्राप्त गुनासो र सुझाव अनुसार नै आगामी दिनमा अघि बढ्न आफूहरु प्रतिवद्ध रहेको उनको भनाई छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले पालिकाबाट सञ्चालन हुने योजना, कार्यक्रम तथा सेवा प्रवाहलाई परादर्शी, जवाफदेहि र जनउत्तरदायी बनाउन आफूहरुले कुनै कसर बाँकी नराखेको र आगामी दिनमा समेत अझै यसलाई थप मजबुत बनाउने गरी सबै कर्मचारीलाई परिचालन गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष मुरारी खना, १० का वडाध्यक्ष सञ्जित श्रेष्ठ, विष्णु प्रकाश खड्का, गायत्री श्रेष्ठ, नारायण ध्वज खड्का लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार