हेटौंडा । बाढी पहिरो सहित विपदमा परि ज्यान गुमाएकाको परिवारलाई बागमती प्रदेश सरकारले एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढी पहिरोमा परी बागमती प्रदेशमा ज्यान गुमाउने २५ जनाको परिवारलाई तुरुन्तै राहत रकम उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।
विपदमा परि घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने ढुंगेलले बताए । उनले वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दारका लागि आवश्यक स्रोत साधनको व्यवस्था गरी सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय बनाइने जानकारी दिए ।