• शनिबार, साउन ९ २०८३

स्वर्णकार महिला समुह गोरखाको अध्यक्षमा मञ्जु घताने


आइतबार, बैशाख ७ २०८२
1.7K
Shares

गोरखा । स्वर्णकार महिला समुह गोरखाको अध्यक्षमा मञ्जु घताने सर्वसम्मत निर्वाचित भएकी छिन् । समुहको शनिबार गोरखा सदरमुकाममा सम्पन्न चौथो अधिवेशनबाट घताने अध्यक्षतामा चयन भएकी हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा निर्मला विश्वकर्मा, द्धितिय उपाध्यक्षमा देवि घिमिरे, सचिवमा अञ्जना सुनार र कोषाध्यक्ष शोभा भट्ट चयन भएका छन् । अधिवेशनमा सबै पदमा सर्वसम्मत भएको बताइएको छ । त्यस्तै कार्यसमिति सदस्यमा रुबिना थापा, कमला विक, शोभा विक र कृष्णमाया विक निर्विरोध भएका छन् ।

समुहकी अध्यक्ष जुना विश्वकर्माको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल सुनचादी व्यावसायी महासंघ गण्डकी प्रदेशका कृष्णबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा नेपाल सुनचादी व्यावसायी महासंघ गोरखाका अध्यक्ष रुबिन बरायली, निवर्तमान अध्यक्ष टेक बहादुर विक, पर्व बहादुर विक लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार