• शनिबार, साउन ९ २०८३

१९ औंं पश्चिमकाली मेला सम्पन्न


बुधबार, बैशाख ३ २०८२
1K
Shares

गोेरखा । १९ औंं पश्चिमकाली मेला सम्पन्न भएको छ । नयाँ वर्षको अबसरमा वैशाख १ गते सोमबार विबिध कार्यक्रम गरी मनाएको छ ।

पश्चिमकाली तथा खड्कदेवी मन्दिर व्यवस्थापन एवं संरक्षण समितिको आयोजनामा गोरखा नगरपालिका वडा नम्बर ५ को पश्चिमकाली मन्दिर परिसरमा मेला गरेको अध्यक्ष विनोद अर्यालले बताए । गोरखा पर्यटन बर्षलाई समेत केन्द्रमा राखेर मेला आयोजना गरिएको उनको भनाई छ ।

स्थानीय कला संस्कृती, भेषभूषा, रीति तथा परम्पराको संरक्षणका गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण भएको अध्यक्ष अर्यालले बताए । साथै मेलाले पश्चिमकाली, पस्लाङ, चिल्डे«नपार्कसहितका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसार समेत भएको आयोजकले विश्वास लिएको छ ।

गोरखा विकासमा पर्यटनको आधार, ओझेल परेका सम्पदाको खोजी र प्रचार भन्ने मुल नाराका साथ आयोजाना गरिएको मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

पश्चिमकाली तथा खड्कदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्यालको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख अतिथ्यता रहेको मेलामा गोरखा नगरपाललिकाका नगरप्रमुख कृष्ण बहादुर राना मगर लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार