• शुक्रबार, साउन ८ २०८३

शहिद लखन ७ मा बार्षिक समिक्षा, वडाको विकासमा भुमिका खेल्ने ६९ जना सम्मानित


शुक्रबार, चैत्र २८ २०८१
2.4K
Shares

गोरखा । शहिद लखन गाउँपालिकाको वडा नं ७ को वडा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार वडाले वर्ष भरी गरेको भौतिक पुर्वाधार, विकास निर्माण सेवा प्रवाहको काम संघ र प्रदेश गाउँपालिकाबाट परेको योजनाहरुको समिक्षा गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो वडामा एक वर्ष भरी भएका विकास निर्माण देखि सेवाप्रवाहका विषयहरुमा समिक्षा गरेयौं,’ उनले भने, ‘गाउँपालिकाबाट परेका योजनाहरु गत वर्ष जस्तै यो वर्ष पनि समय अगाबै निर्माण सम्पन्न गरिसकेका छौं, त्यसको पनि चर्चा भयो ।’

शहिद लखन ७ लाई गत वर्ष पनि उत्कृष्ट वडा बनेको भन्दै गाउँपालिकाले सम्मान गरेको थियो । यस वर्ष पनि फागुन मसान्त भित्रै सबै योजना र कार्यक्रम सम्पन्न भइसकेको उक्त वडाले दाबी गरेको छ । ‘वडामा परेका १२ वटा योजना मध्ये सबैको काम सम्पन्न भएर भुक्तानी पनि भइसकेको छ’ उनले भने, ‘अब नयाँ आर्थिक वर्षको योजना छनोट र बजेट निर्माणको काम लाग्न सहज हुने भएको छ ।’

त्यस्तै संघ प्रदेश बाट परेका योजनाहरु पनि केही सम्पन्न भइसकेको र केही हुन बाँकी रहेको उनले बताए । ‘यो वडाले कार्य सम्पादन उत्कृष्ट छ, सेवा प्रवाह र विकास निर्माणको काम समयमै सम्पन्न गरेर आफूलाई नमूनाको रुपमा प्रस्तुत गरेको छ,’ गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि रमेशबाबु थापा मगरले भने, ‘गत वर्ष पनि यही वडा उत्कृष्ट बन्न सफल भएको थियो ।’ अन्य वडाले पनि वडा नम्बर ७ बाट अनुशरण गर्नु पर्ने उनले बताए ।

वडाको विकासमा भुमिका खेल्ने ६९ जना सम्मानित

शहिद लखन गाउँपालिका वडा नं ७ ले ६९ जनालाई सम्मान गरेको छ । विभिन्न क्षेत्रमा रहेर योगदान गर्ने टोल विकास संस्था, उपभोक्ता समिति, सामुदायिक विद्यालय, कर्मचारी, विद्यार्थी, खेलाडी, समाजसेवी, वुद्धिजिवी, जेष्ठनागरिक, विभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । उनीहरुलाई सम्मान पत्र, कदर पत्र र प्रशंसा पत्रले सम्मान गरिएको उक्त वडाले जानकारी दिएको छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, पूर्व प्रमुख प्रशासकिय अधिकृत एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत जीवनबहादुर आले मगर, नेपाली कांग्रेस वडा नं ७ को सभापति निल कुमार श्रेष्ठ, नेकपा माओबादी केन्द्रका वडा अध्यक्ष शेरबहादुर बि।क, राप्रपाको वडा अध्यक्ष उदयलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार