• शुक्रबार, साउन ८ २०८३

नयाँ बर्षमा चितवनको फेन्सी ब्यवसायी संघले ‘शुभकामना साँझ’ गर्ने


बिहिबार, चैत्र २७ २०८१
1.6K
Shares

चितवन । नयाँ वर्षको अवसरमा चितवनको फेन्सी ब्यवसायी संघले शुभकामना साँझ गर्ने भएको छ । ब्यवसायीको हक हितमा समर्पित संघले मनोरञ्जनको लागि ‘ फेन्सी नव वर्ष उत्सव २०८२ ’ कार्यक्रम आयोजना गरेको हो ।

चैत्र ३१ गते साँझ भरतपुरको सिएमटी होटलमा आयोजना गरिएको छ । कार्यक्रममा मुख्य आकर्षण चर्चित गायक सुगम पोखरेल रहेका छन् । पोखरेलको साथमा गायक शान्तिरानी परियार , अर्जुन सापकोटाको पनि प्रस्तुती रहनेछ ।

त्यस्तै हाँस्य कलाकारहरु प्रलाद बर्तौला लगायत स्थानीय कलाकारहरुको समेत वृहत प्रस्तुती रहने संघले जनाएको छ । संधै ब्यवसायीमा खटिएका ब्यवसायी बीच सदभाव र रमाइलो गराउन पन सांगीकि उत्सवको आयोजना गरिएको फेन्सी ब्यवसायीका अध्यक्ष रामप्रसाद पौडेलले बताए ।

कार्यक्रममा भरतपुर महानगरपालकाका उप्रमुख चित्रशेन अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको तयारी तिब्र पारिएको अध्यक्ष पौडेलले बताए ।

२०४५ सालमा स्थापना भएर २०७३ सालमा विधिवत दर्ता गरिएको संघले पहिलोपल्ट यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । फेन्सी ब्यवसायी संघ चितवन उद्योग वाणिज्य संघ चितवनको सबैभन्दा ठुलो वस्तुगत संघ हो ।

संघले नयाँ बर्ष २०८२ को क्यालेण्डर समेत प्रकाशित गरेको छ । एक कार्यक्रमकावीच संघले क्यालेण्डर विमोचन समेत गरिसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार